काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्यसहित विभिन्न सेवाका कर्मचारी करारमा माग गरेको छ। मुलपानीस्थित नगर अस्पतालका लागि चिकित्सक, स्वास्थ्यकर्मी माग गरिएको नगरपालिकाले जनाएको छ।
उक्त अस्पतालका लागि मेडिकल अधिकृत ३, डेन्टल सर्जन १, हेल्थ असिस्टेन्ट २, स्टाफ नर्स २, ल्याब टेक्निसियन २ जना माग गरिएको छ।
त्यसैगरी डेन्टल हाइजेनिस्ट १, फार्मेसी सहायक २, रेडियोग्राफर २ र ल्याब असिस्टेन्ट २ जना माग गरिएको छ।