काठमाडौं- निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालको पदपूर्ति समितिले एक सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।
लोक सेवा आयोगबाट प्राप्त सहमति बमोजिम रिक्त पदमा पदपूर्ति गर्नलागिएको हो। खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार ६ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
