काठमाडौं- स्वास्थ्य बीमा बोर्डले श्वेतपत्र जारी गरेको छ। बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै बोर्डको स्थितीका सम्बन्धमा श्वेतपत्र जारी गरेको हो।
बोर्डले जारी गरेको श्वेतपत्रमा विभिन्न ४५ वटा बुँदा रहेका छन्। जसमा बीमाको वर्तमान अवस्था, सेवाको फैलावट, पृष्ठभुमी, सेवा लिनेको विवरण, समान प्रकृतिका कार्यक्रम, भावी लक्ष्य लगायतका विषयहरु रहेका छन्।
श्वतेपत्रमा आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विषय पनि रहेको छ।
श्वेतपत्रमा स्वास्थ्य बीमाको फैलावट ७७ जिल्लाको ७४९ स्थानीय तहमा विस्तार भएको, कुल ८९ लाख ५२ हजार १३५ जना बिमितमध्ये ५७ लाख ५३ हजार ८१७ विमित सामान्य क्रियाशील रहेको लगायतका विषय पनि रहेको छ।
हेरौं श्वेतपत्र