काठमाडौं- सरकारले मधेश प्रदेशमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र सञ्चालनका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।
मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्त समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
'रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको छ,' मन्त्री गुरुङले मन्त्रिपरिषदको निर्णय सुनाउँदै भने।
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सप्तरीमा बन्नेछ। २०७५ पुस २३ गतेको मन्त्रिपरिषद्को बैठकले सप्तरीमा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदको निर्णयपछि पूर्वाधार निर्माण गर्न राजविराज नगरपालिका-१०, स्थित बिरौलमा ६२ बिगाह जग्गा खोजिएको थियो।