काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिक लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताका विषयमा धुलिखेल अस्पतालले समेत आपत्ति जनाएको छ।
केयूको उपकुलपतिका लागि बनाइएको कार्यविधिमा न्यूनतम शैक्षिक योग्यता पिएचडी वा सो सरह राखिएको छ। उक्त कार्यविधिका विषयमा नेपाल चिकित्सक संघ, काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्स फ्याकेल्टी काउन्सिल, विभिन्न चिकित्सकहरुसँगै धुलिखेल अस्पतालका फ्याकल्टीहरुले पनि आपत्ति जनाएको हुन्।
अस्पतालबाट बुधबार जारी विज्ञप्ति अनुसार कार्यविधिमा पिएचडीलाई नै न्यूनतम योग्यताका रुपमा उल्लेख गर्नु पुर्वाग्रही रहेको र यसले चिकित्सा क्षेत्रका धेरै योग्य जनशक्ति अवसरबाट बञ्चित हुने उल्लेख छ।
'विद्यावारिधीलाई नै न्यूनतम शैक्षिक योग्यताको रुपमा उल्लेख गरी पुर्वाग्रही ढंगले दरखास्त आह्वान गरिनुले एमडी/एमएस/एमडिएस गरेको उच्च शिक्षा हाँसिल गरेका वरिष्ठ प्राध्यापकहरु आफ्नो योग्यताको बाबजुद आवेदन गर्ने अवसरबाटै बन्चित गर्नु ठुलो अन्यायको रुपमा लिइएको छ,' विज्ञप्तिमा भनिएको छ।
अस्पतालको विज्ञप्तिमा आफू कार्यरत विश्वविद्यालय भित्रै अन्य संकायहरु भन्दा मेडिकल संकायमा कार्यरत वरिष्ठ प्राध्यापकहरु समावेश नहुने गरी कार्यविधी निर्माण गरी आवेदन दिन बाट नै बन्चित गराउनु पुर्वाग्रही र अन्याय भएको विषय पनि उल्लेख छ।
हेरौं विज्ञप्ति