काठमाडौं- पाठेघरको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको १५ लाख मात्रा नेपाल आइपुगेको छ। नेपालमा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१/०८२ सञ्चालन गर्ने निर्णय गरिसकेको छ।
पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको होह ।थप २ लाख,६६ हजार २ सय मात्रा खोप यही पुस २८ गते आइपुग्ने खोप सुपरभाइजर अधिकृत ओम प्रसाद उपाध्यायले स्वास्थ्यखबरलाई बताए।
हाल तीन चरणमा गरी अभियानका लागि १५ लाख खोप आइपुगेको उनले जानकारी दिए । तेस्रो चरणको खोप आइसकेको छ, अब चौथो चरणको बाँकी छ, उनले भने । १५ लाख ४ सय मात्रा खोप हालसम्म आइसकेको तथा उक्त खोपलाई मधेश प्रदेश बाहेक सबै प्रदेशमा वितरण गरिसकिएको छ।
यही माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०-१४ वर्षकी किशोरीलाई खोप लगाइने शाखाले जनाएको छ।खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने छ।