काठमाडौं- शहीद गंगालाल हृद्धय केन्द्रले हालसम्म ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई)विधिबाट २४ शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरेको छ।
सन् २०२२ को फ्रेबुअरीमामा पहिलोपटक सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको उक्त उपचार विधीबाट हालसम्म २४ वटा शल्यक्रिया सम्पन्न गरिएको अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीले बताए।
मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्ब साँधुरो भएपछि लाग्ने रोगलाई एओर्टिक स्टेनोसी भनिन्छ । एओर्टिक भल्ब साँघुरो भएपछि मुटुबाट शरीरलाई चाहिने जति रगत जान पाउँदैन । जसका कारण स्वाँस्वाँ हुने, छाती दुख्ने र बेहोस हुने जस्ता लक्षण देखिने गर्छ । प्राय ७० –८० वर्षका मानिसहरुमा यस्तो समस्या देखिन्छ। उनीहरुमा शल्यक्रिया गर्न नमिल्ने भएको हुँदा यो विधि उपयुक्त भएको डा अधिकारी बताउँछन्।
विश्वका विकसित मुलुकहरुमा सन् २००२ मा नै यस विधिद्वारा उपचार गरिने भएपनि नेपालमा भने २० वर्ष पछि मात्रै यो उपचार विधिको प्रयोग गनै थालिएको थियो । 'यसअघि यस्तो समस्या उपचार नै नगरी बस्ने प्रचलन थियो' डा अधिकारीले भने।
यो नेपालमा भित्रिएको सबैभन्दा नवीनत् तथा अत्याधुनिक उपचार विधि भएको डा अधिकारीको दाबी छ।
नेपालमा पहिलोपटक विं सं २०७८ फागुनमा टिएभीआइ विधिबाट सफल शल्यक्रिया गरिएको थियो।
सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभिआई) विधिबाट विं सं २०७८ फागुनमा सफलतापूर्वक शल्यक्रिया गरिएको थियो। त्यतिबेला ८० वर्षीया महिलामा उक्त विधीद्वारा सफल शल्यक्रिया गरिएको हो
भारतका मुटुरोग विशेषज्ञ डा शाही सतिश नेतृत्वमा अस्पतालको टिमले २०७८ १६ फागुनमा उक्त शल्यक्रिया सम्पन्न गरेको थियो ।
जन्मजात मुटु रोग: कुन शल्यक्रिया कति गरिए?
अस्पतालले पछिल्लो समय एएसटी,भीएसटी तथा पिडिए जस्ता जन्मजात रुपमा हुने मुटु रोगको क्षेत्रमा विशेष रुपमा काम गरिरहेको छ। छाती नचिरी अत्याधुनिक औजार तथा उपकरणका माध्यमबाट अस्पतालले पछिल्लो समय शल्यक्रिया गर्दै आइरहेको छ।
जसमा २ हजारको संख्यामा एएसटी शल्यक्रिया तथा सन् २०२३ मा मात्रै ३३८ को संख्यामा एएसटी शल्यक्रिया गरिसकेको छ। हालसम्म भने २ हजार भन्दा बढी संंख्यामा छाती नचिरीकन नै गरिने उक्त शल्यक्रिया अस्पतालले गरिसकेको छ। त्यस्तै अस्पतालले हालसम्म १ सय भन्दा बढी भीएसटी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
विगतमा छाती चिरेर गर्नुपर्ने शल्यक्रियाहरु हाल छाती नचिरिकन नै गर्न सक्दा बिरामीको अस्पताल बसाई अवधि एकदमै छोटो हुने तथा घाउ तथा इन्फेक्सनको खतरा कम हुने गरेको डा अधिकारी बताउँछन्। हालसम्म अस्पतालले २० हजार भन्दा बढी एन्जियोप्लास्टी सर्जरी गरिसकेको छ।