काठमाडौं- स्वास्थ्य बीमा बोर्डले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बोर्डले जिल्लास्थित कार्यालयका लागि करार सेवामा १४३ जना दर्ता अधिकारी माग गरेको हो।
योग्यता पुगेका इच्छुकलाई चैत १६ गतेसम्म आवेदन दिन भनिएको छ। सूचनाको विस्तृत विवरण बोर्डको वेबसाइटमा उल्लेख हुने बोर्डले जानकारी दिएको छ।
