काठमाडौं- बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ। चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले करार सेवामा विद्यालय नर्स पदपूर्ति गर्न लागेको हो।
निर्देशनालयले आज प्रकाशित सूचनामा योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र दरखास्त दिनु पर्ने उल्लेख छ।
