काठमाडौं- नेपाल प्रहरी अस्पताल महाराजगञ्जले २० जना स्टाफ नर्स माग गरेको छ। अस्पतालले ६ महिनाका लागि करारमा स्टाफ नर्स नियुक्त गर्न लागेको हो।
अस्पतालको आन्तरिक कल्याण कोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक उपलब्ध गराउने गरी करारमा नियुक्त गर्न लागिएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।
