काठमाडौं- भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा ड्रेस कोटको नाममा विद्यार्थीहरुलाई अनावश्यक मानसिक यातना दिइएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्।
इन्टर्नसिपको चरणमा रहेका अन्तिम व्याचका विद्यार्थीहरुलाई युनिफर्मको कारण देखाएर प्रयोगात्मक परीक्षाबाट बञ्चित गराइएकोले आफूहरु आन्दोलित भएको एक विद्यार्थीले बताए।
चौथो वर्षमा अध्ययनरत्त विद्यार्थीहरुलाई १ वर्षका लागि ड्रेस कोड लागू गर्दाे विद्यार्थीमा आर्थिक भार थपिने ती विद्यार्थीको तर्क छ। कलेज प्रशासन सामु उक्त निर्णय फिर्ता लिनका लागि पटक पटक वार्ताको प्रयास गर्दाे प्रशासनले वार्तामा बस्नुको साटो विद्यार्थीहरुलाई धम्की दिएको आन्दोलनरत्त विद्यार्थी बताउँछन्।
भैरहवा जस्तो गर्मी हुने ठाउँमा सहज किसिमको ड्रेसको व्यवस्था गर्नका लागि गरिएको अनुरोधलाई बेवास्ता गरिएको कारण यस वातावरणमा पढाई अगाडि बढ्न नसक्ने भन्दै प्रिन्सिपल प्राडा लक्ष्मी पाठकको राजीनामा माग्न बाध्य भएको आन्दोलनरत्त विद्यार्थी बताउँछन्।
उनीहरुले कलेजले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग राखेका छन्।
प्रिन्सिपल पाठकले आफूहरुलाई अनावश्यक तनाव समेत दिएको विद्यार्थीहरूको आरोप छ।
'प्रिन्सिपलले विभिन्न बहानामा विद्यार्थीहरुलाई दुख दिनुभयो' अन्दोलनरत एक विद्यार्थीले भनिन्, 'उहाँले हामीसँग वार्ता गर्न चाहनुभएको छैन। अब हामी उहाँसँग वार्ता होइन, राजीनामा माग गरेका छौं।'
आन्दोलनरत विद्यार्थीहरुले आफूलाई बन्धक बनाएर राखेको भन्ने प्रिन्सिपल पाठकको कुरामा सत्यता नभएको उनीहरु बताउँछन्।
विद्यार्थीहरुले भने आफूहरुमाथि दमन भएको बताएका छन्।
हेरौ विज्ञप्ति