काठमाडौं- स्वास्थ्य सेवा विभागले १० जना सुरक्षागार्ड करारमा मागेको छ।
विभागले टेकुस्थित कार्यालयका लागि ७ जना र केन्द्रीय स्टोर, पथलैयाका लागि ३ जना गरी १० जना सुरक्षागार्ड मागेको हो।
त्यसका लागि विभागले इजाजत प्राप्त योग्य तथा इच्छुक फर्म, संस्था वा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको छ।
त्यसरी नियुक्त भएका सुरक्षागार्डको सेवाअवधि एक वर्ष हुनेछ। सेवा सन्तोषजनक रहेमा एक वर्ष म्याद थप गर्न सकिने समेत विभागले जानकारी गराएको छ।
