काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानीको अभाव भएको छ। पानीको अभावका कारण प्रतिष्ठानमा स्नातक तहको अध्यापन समेत एक हप्ताका लागि बन्द गरिएको छ।
प्रतिष्ठानले एक सूचना जारी गर्दै पानी अभावका कारण पठनपाठन बन्द गर्नुपरेको जानकारी दिएको छ। सूचना अनुसार बीडीएस दोस्रो वर्ष र इन्टर्न बाहेकको कक्षा मंगलबार (आज) देखि ३० गतेसम्म बन्द गरिएको छ।
सूचना अनुसार प्रतिष्ठान र अस्पतालमा पानीको चरम अभाव देखिएपछि विद्यार्थीले लिखित निवदेन दिएका थिए। उक्त निवेदनपछि पठनपाठन एक साताका लागि बन्द गर्नुपरेको प्रतिष्ठान एकेडेमिक्सकी सहायक डीन डा भीम्मी सिंहले जारी गरेको सूचनामा भनिएको छ।