काठमाडौं- त्रिवि शिक्षण अस्पतालको रिक्त रहेको कार्यकारी निर्देशक पदमा नाम सिफारिसका लागि छनोट समितिले आवेदन माग गरेको छ।
छनोट समितिले माघ १५ गतेसम्म आवेदन दिन भन्दै सार्वजनिक सूचना निकालेको हो। सूचना अनार इच्छुक उम्मेदवारले डिनको कार्यालयमा रहेको छनोट समितिको कार्यालयमा आवेदन पशे गर्नुपर्ने हुन्छ।
कार्यकारी निर्देशकका लागि आवेदन दिनेले विभिन्न कागजपत्रहरु पेश गर्न पनि समितिले भनेको छ। जसमा व्यक्तिगत विवरणदेखि कार्यक्षमता प्रदर्शन गर्ने दक्षता र अनुभवका प्रमाणित आधारहरुसम्म पेश गर्नुपर्ने विषय रहेका छन्।
यस्ता छन् पेश गर्नुपर्ने कागजपत्रहरु
उम्मेदवारहरुले आवेदन साथ पेश गर्नु पर्ने कागजात:
• व्यक्तिगत विवरण
• अस्पताल तथा विभिन्न विशिष्टीकृत चिकित्सा केन्द्रलाई संचालन गर्न आवश्यक पर्ने विशिष्टीकृत व्यावसायिक दक्षता, समस्या समाधान, जनशक्ति व्यवस्थापन, प्रशासनिक (सामान्य तथा आर्थिक प्रशासन ) संचालन सम्बन्धी, प्राविधिक तथा व्यवस्थापकीय नेतृत्व गर्न सक्ने कार्यक्षमता प्रदर्शन गर्ने दक्षता र अनूभवका प्रमाणित आधारहरु,
• विनियम १२ ( ३ ) को खण्ड (घ) मा तोकिएबमोजिम अनुसन्धान कार्य, स्तरीकृत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित लेख तथा स्तरीकृत भएका पूस्तकहरु, पाठ्यक्रम विकास, प्रविधिविकास तथा प्रतिलिपि अधिकार सम्बन्धि प्रमाणित सामाग्रीहरु,
• अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कोषबाट संचालित अनुसन्धान परियोजनाहरुको नेतृत्व (PI, Co- PI or Member) तथा कोष वृद्धि र राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धि अनूभवका कागजात,
• विश्वविद्यालयको योजनाअनुरुप केन्द्रको उन्नयन तथा उत्थानका लागि १,००० देखि २,००० शव्दसम्मको रणनितिक कार्ययोजना,
• विश्वविद्यालय सम्बन्धित अध्ययन संस्थान वा संकाय वा अस्पतालसंग स्वार्थ बाझिने गरी विभिन्न निजी शैक्षिक संस्थाहरुमा सम्बन्धित व्यक्तिको लगानी नभएको / नगरेको र नीजि स्वास्थ्य संस्थाहरुका कुनै पनि सेवामा संलग्न नभएको स्वघोषणा,
•अस्पताल विकास तथा व्यवस्थापन क्षेत्रमा योगदान गरेको अन्य कूनै प्रमाण भएमा समावेश गर्ने,
• प्राध्यापक वा सह प्राध्यापक वा उप प्राध्यापकको नियुक्ति तथा विश्वविद्यालयमा काम गरेको पुरा अनुभव वर्ष खुल्ने प्रमाणित कागजात।