काठमाडौं- गण्डकी प्रदेश सचिवको जिम्मेवारी डा विश्वबन्धु बगालेले प्राप्त गरेका छन्।
डा बगालेले यसअघि रत्ननगर र भरतपुर अस्पतालको मेसुका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्।
बालरोग विशेषज्ञ डा बगाले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै त्यसलाज्ञ बलियो बनाउने कार्यमा सक्रियमध्ये एक हुन्।
उक्त जिम्मेवारी प्राप्त गरेसँगै उनले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रलाई बलियो बनाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि उक्त जिम्मेवारीमा डा विनोदबिन्धु शर्मा थिए।