काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले डेंगु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएको छ।
संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले गत वर्ष नेपालका ७७ वटै जिल्लामा डेंगु रोग फैलिएको, २८ हजार १०९ जनामा संक्रमण पुष्टि भएको र ३८ जनाको मृत्यु भएको उल्लेख गर्दै यसवर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउनुपर्ने भन्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन्।
संसद सचिवालयका अनुसार प्रस्तावमा रोग फैलिएर महामारीको रुप लिनु अघि नै सरकारले कदम चाल्नुपर्ने माग गर्दै छलफल र सरकारलाई उचित निर्देशन दिनुपर्ने माग गरिएको छ।
'यो सरुवा रोगको नियन्त्रण, रोकथाम, उपचारलगायत पूर्वसावधानीको समयमै तयारी एवं पहल गर्न सरकारलाई जिम्मेवार एवं उत्तरदायी बनाउनका लागि संसदबाट निर्देशन जारी हुन आवश्यक देखिएको छ’ संकल्प प्रस्तावमा उल्लेख छ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिमको रुपमा राखिसकेको र यसले महामारीको रुप लिनु अघि नै सरकारले कदम चाल्नुपर्ने माग गरिएको छ।
नेपालमा गत वर्षपनि डेंगुले महामारीको रुप लिएको थियो