काठमाडौं - डा महेश बहादुर अधिकारीले नेपाल एशोसिएसन अफ युरोलोजिकल सर्जन्सको अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।
डा अधिकारी नेतृत्वको नयाँ नौ सदस्यीय कमिटिले शनिबारदेखि जिम्मेवारी सम्हालेका हुन्। एशोसिएसनको वैशाख ८ गते निर्वाचन भएको थियो। एशोसिएसनको उपाध्यक्षमा डा पवनराज चालिसे, महासचिवमा डा भोजराज लुइटेल, कोषाध्यक्षमा डा अरविन्द कुमार साह चयन भएका थिए।
सदस्यहरुमा डा अमित कुमार साह, डा विपेन्द्र ध्वज कुलुङ राई, डा घनश्याम सिग्देल, डा मनिषमान प्रधान र डा जुबिन सिलवाल छन्। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ। २०६२ सालमा स्थापित यो एशोसिएसनमा हालसम्म १५० भन्दा बढी सदस्यहरु आवद्ध भएका छन्।