काठमाडौं– सरकारबाट भन्सार छुटमा उपलब्ध गराईएको स्वास्थ्य उपकरणमा स्पष्टरुपमा छुट भएको देखिनेगरी लेख्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले हय्याम्स अस्पताललाई निर्देशन दिइएको छ।
स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत लगायतको टोलीले शुक्रबार ह्याम्स अस्पतालमा आकस्मिक अनुगमन गर्दै यस्तो निर्देशक दिएको हो।
अस्पतालले उपचारको क्रममा लाग्ने शुल्क वेवसाइडमा मात्र राखेको पाइएकाले स्वास्थ्य मन्त्री बस्नेतले सर्वसाधारणले देख्ने गरी अस्पतालको प्रवेश स्थलमा नागरिक वडापत्रमा सेवा शुल्क सहित स्पष्ट हुने गरी राख्न निर्देशन दिएका छन्।
अनुगमनको क्रममा अस्पतालमा कार्यरत डाक्टरका लागि मासिक ३५ हजार र नर्सको लागि मासिक १७ हजार न्यूनतम तलब दिएको पाइएको छ।
यस्तै अस्पतालले काठमाडौं–९ का स्थायी बासिन्दाको लागि औषधिमा ५ प्रतिशत र अन्य उपचारमा लाग्ने शुल्कमा १० प्रतिशत छुट दिइएको तथा ज्येष्ठ नागरिकलाई औषधिमा ५ प्रतिशत र १० प्रतिशत लाग्ने सेवा शुल्कमा छुट दिएको अनुगमनको क्रममा पाइएको छ।
विपन्न, असहाय, बेवारिसे बिरामीको लागि निशुल्क वेडको व्यवस्था गरेको भएपनि सो सुविधा लिएको भने नपाइएको अनुगमन टोलीले जनाएको छ।