काठमाडौं- औषधि व्यवस्था विभागको निर्देशक परिवर्तन भएको छ। स्वास्थ्य मन्त्री मोहन बस्नेतले नारायण ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
विभागका महानिर्देशक भरत भट्टराईलाई हटाउँदै ढकाललाई जिम्मेवारी दिइएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ। भट्टराईलाई प्रयोगशालामा पठाइएको छ।
ढकालले महानिर्देशकको पत्र बुझिसकेका छन्। ढकाल लामो समयदेखि भूमिकाविहिन थिए। उनलाई कुनै पनि जिम्मेवारी नदिँदा मन्त्रालयमा हाजिर गर्दै फर्कनुपर्ने अवस्था थियो।