काठमाडौं - डा सञ्जु खड्काको सडक दुर्घटनामा मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजे दुर्घटना भएको हो।डा खड्का कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत थिइन्।
पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा उनको मृत्यु भएको हो। दुर्घटनामा कार चालक गोरखाका अन्दाजी ३४ वर्षका सुवास अधिकारीको पनि मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख सन्तोष सिंह राठौरले दुवै जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिए।