काठमाडौं- अर्घाखाँचीको पाणिनी २ का स्वास्थ्य स्वयंसेविका अवलोकन भ्रमण गरेका छन्।
पाणिनी २ पोखराथोकमा १५ देखि ३० वर्षसम्म सेवामा खटिएका स्वयंमेविकाले अवलोकन भ्रमण गरेका हुन्।
नयाँ ठाउँमा स्वास्थ्यसम्बन्धी ज्ञान सिप हासल गर्ने उदेश्यले भ्रमण गराइएको बताइएको छ।
उक्त कार्यको लागि आवश्यक सहयोग गाउँपालिका तथा पाणिनी २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेलले गरेको स्वास्थ्य शाखा संयोजक शेषकान्त घिमिरेले बताए।