काठमाडौं- आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट घटेको छ। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यको बजेट २० अर्बले घटेको हो।
सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यमा तीनै तहका लागि गरेर ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जबकी चालु आर्थिक वर्षमा स्वास्थ्यको बजेट तीन वटै तहका लागि १ खर्ब ३ अर्ब १८ करोड रुपैयाँ बजेट दिएको थियो।
सोमबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा स्वास्थ्यमा आगामी आर्थिक वर्षका लागि ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट छुट्याइएको उल्लेख छ।