काठमाडौं- सरकारले आयुर्वेदिक होमियोप्याथिक, युनानी, अकुपन्चर, आम्ची र प्राकृतिक चिकित्सा जस्ता वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो कुरा घोषणा गरेका हुन्।
उनका अनुसार बुढानीलकण्ठको राष्ट्रिय पञ्चकर्म रोग सेवाको भवन निर्माण कार्य सम्पन्न गर्न बजेट व्यवस्था गरिएको छ।
'नागरिकलाई शारीरिक व्यायाम, योग र आरोग्य सेवा विस्तार तथा स्वस्थ र सन्तुलित आहारमा जोड दिई स्वस्थ जीवनशैली अपनाउन अभिप्रेरित गरिने छ। खुला योग तथा व्यायामशाला निर्माण तथा उपकरण खरिदको लागि बजेटको व्यवस्था गरेको छु,' उनले भने।