काठमाडौं– सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३०० शय्यामा विस्तार गर्ने भएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले शुक्रराज अस्पताललाई ३०० शय्यामा विस्तार गर्ने बताएका हुन्।
यस्तै पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने अर्थमन्त्री महतले बताए।
सरुवा रोग अस्पताल निर्माण र विस्तारका लागि ४६ करोड विनियोजन गरिएको उनले बताए।