काठमाडौं– सरकारले मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सा शिक्षामा प्रदान गरिदै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सा शिक्षा तर्फको उच्च शिक्षामा प्रदान गरिदै आएको छात्रवृत्तिलाई निरन्तरता दिने बताए।
उनले भने, ‘मुसहर, डोम र चमार विद्यार्थीलाई चिकित्सा तर्फ उच्च शिक्षामा प्रदान गरिदै आएको छात्रवृत्ति निरन्तरता दिएको छु।’