काठमाडौं– अर्थमन्त्री डा प्रकाश शरण महतले आर्थिक बर्ष २०८०/८१ का लागि प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता खारेज गरेका छन्।
आर्थिक बर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले संघीय संसदमा उक्त कुरा बताएका हुन्।
‘स्रोतमा परेको चापका कारण आगामी आर्थिक बर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगयातका भत्ता खारेजी गरेको छु,’ बजेटमा उल्लेख छ।