काठमाडौं- मधेस प्रदेश सरकारले प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संगठन संरचना तयार पारेको छ।
संगठन संरचना तयार भएसँगै प्रदेशस्थित स्वास्थ्यका सबै कामहरु अब मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेर्नेछ। यसअघि प्रदेशमा स्वास्थ्यको काम सामाजिक विकास मन्त्रालयले हेर्ने गर्दथ्यो।
उक्त संचरनामा मन्त्रीको सचिवालय, प्रदेश सचिवदेखि तीनवटा महाशाखा र नौ वटा शाखा रहनेछन्। प्रशासन तथा योजना महाशाखा, अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा र जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखा रहेको छ।
प्रशासन तथा योजना महाशाखा अन्तर्गत प्रशासन, कानुन र आर्थिक प्रशासन शाखा रहेका छन्। अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा अन्तर्गत चिकित्सा सेवा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा र औषधि व्यवस्थापन शाखा रहेका छन्। जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखा अन्तर्गत जनस्वास्थ्य, रोग नियन्त्रण तथा अनुसन्धान शाखा र जनसंख्या तथा तथ्यांक शाखा रहेका छन्।
यस्तो छ, मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संगठन संरचना :