सिन्धुली- सिन्धुली अस्पतालमा उपचारका क्रममा गर्भवतीको मृत्यु भएपछि आफन्त र स्थानीयले अस्पताल तोडफोड गरेका छन्। मंगलबार अस्पतालमा उपचारका क्रममा २९ वर्षीय एक महिलाको मृत्यु भएको थियो।
कमलामाई नगरपालिका-५ की २९ वर्षीया गंगा गुरुङको मृत्युपछि अस्पतालमा आफन्त र स्थानीय विरोधमा उत्रेका थिए। सो क्रममा भएको ढुंगामुढाका क्रममा अस्पतालका झ्यालहरु फुटेका छन्। अस्पतालका अन्य स्थानमा पनि तोडफोड भएको बताइएको छ।
आफन्तले अस्पतालमा उपचारका क्रममा लापरबाही भएको आरोप लगाउँदै विरोध गरेका हुन्। आफन्तले गर्भवतीलाई चिकित्सकले बेहोस बनाउने गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन्। आफन्तले विरोध जनाएपछि अस्पताल क्षेत्रमा तनावको अवस्था सिर्जना भएको प्रहरीले जानकारी दिएको छ।
विरोधमा उत्रेका स्थानीयले अस्पताल तोडफोड गरेका हुन्।