काठमाडौं- डब्लूएचओले भारतमा अयोजना गर्ने एफइटीपी कार्यक्रममा सहभागी हुन आवेदन आह्वान गरिएको छ।
तीन महिनासम्म संचालन हुने उक्त कार्यक्रममा नेपालबाट दुई जना मेडिकल अधिकृतले सहभागिताका लागि अवसर पाउने छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै इच्छुक व्यक्तिले तीन दिनभित्र आवेदन दिन भनेको छ।