काठमाडौं- प्रतिनिधिसभाको बैठकमा सांसदहरुले अस्पताल भवन निर्माणदेखि पाठेघर क्यान्सरको पहिचानको निःशुल्क व्यवस्था बारेमा सरकारको ध्यानाकर्षण गगरेका छन्।
आजको बैठकमा सांसद डोलप्रसाद अर्यालले धादिङमा अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै शीघ्र काम अघि बढाउन आग्रह गरे।
सांसद दामोदर भण्डारीले सुदूरपश्चिममा पशुचौपायामा देखिएको सङ्क्रमणको समयमै उपचार तथा रोकथामको माग गरे।
सांसद दिलेन्द्रप्रसाद बडूले यही जेठ १ गते नेपाली सेनाका पाँच जनाले सगरमाथाको सफल गरेको आरोहण फर्कने बेलामा तीन जना घाइते भएका र त्यसमध्ये सहसेनानी दिपेन्द्र खत्रीले अवस्था गम्भीर रहेकाले र थप उपचारका लागि विदेश लैजाने व्यवस्था गर्न आग्रह गरे।
सांसद नैनकला थापाले आगामी आवको नीति तथा कार्यक्रममा महिलाको पाठेघर क्यान्सरको पहिचानको निःशुल्क व्यवस्था गरिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक उपकरण ल्याउनुपर्ने बताइन्।
सांसद प्रदीप यादवले मधेस प्रदेशको सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि केही अभियन्ता काठमाडौँसम्म पैदलयात्रामा हिँडेको बताउँदै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए।