काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सबै पक्षलाई समेटेको दाबी गरेका छन्।
नीति तथा कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै उनले आगामी वर्षको बजेट पनि यही रुपमा आउने दाबी गरे।
‘नीति तथा कार्यक्रम सर्वपक्षीय रुपमा धेरै कुरा समावेश भएर आएको छ,’ उनले भने, ‘बजेट पनि यसैगरी बन्नेछ। कोभिडको कारण र रुस युक्रेनको युद्धका कारण अर्थतन्त्र समस्यामा छ। यसमा मिहिनेत गर्नुपर्छ। आशा गर्ने ठाउँ छ।’