काठमाडौं- लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले विभिन्न विधाका ६३ वटा विशेषज्ञ चिकित्सकसहितका कर्मचारी माग गरेको छ।
बुधबार एक विज्ञापन प्रकाशित गर्दै मन्त्रालयले विभिन्न विधाका ६३ कन्सल्ट्यान्टसहित ६९ स्वास्थ्यकर्मी माग गरेको हो।
प्रदेश स्वास्थ्य मन्त्रालय मातहतका कार्यलयहरुमा काम गर्ने गरी नवौं, आठौं र सातौ तहका चिकित्सकसहितका स्वास्थ्यकर्मी माग गरेको हो।
