डाक्टर स्मृती मास्के प्रधानले नेपाल मेडिकल कलेजबाट सन् २००४ मा एमबिबिएस अध्ययन पूरा गरेकी हुन्। एमबिबिएस अध्ययन पूरा गरेपछि एक वर्ष सोही मेडिकल कलेजमा मेडिकल अफिसरको रूपमा काम गरिन्। त्यसपछि नर्भिक अस्पतालमा एक वर्ष मेडिकल अफिसर भएर काम गरिन्।
उनले पाकिस्तानको किंग एडवर्ड मेडिकल युनिभर्सिटीबाट प्रसूति तथा स्त्रीरोग विषय अध्ययन पूरा गरिन्। पाकिस्तानबाट नेपाल फर्केपछि उनले किष्ट मेडिकल कलेजमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं लेक्चलरको रूपमा काम गर्न थालिन्। विगत दुई वर्षदेखि उनी किष्ट मेडिकल कलेजको एसोसियट प्रोफेसरको रूपमा कार्यरत छिन्। डा प्रधानले प्रि एण्ड पोस्टनेटल फिट्नेससम्बन्धी तालिम पनि लिएकी छिन्। डा प्रधान लैंगिक हिंसाविरुद्धको क्षेत्रमा काम गर्न पनि रूचि राख्छिन्।
.jpg)
.jpg)
.jpg)
.jpg)