काठमाडौंमा जन्मिएकी डा रोशिना थापाले एसएलसीसम्मको पढाइ मैतीदेवीस्थित न्युसमिट हायर सेकेन्डरी स्कुलबाट गरेकी हुन्। प्लसटु अध्ययन पुतलीसडकको ट्रिनिटी इन्टरनेसनल कलेजमा गरेकी रोशिनाले एमबिबिएस भने काठमाडौं मेडिकल कलेजबाट पूरा गरिन्।
हाल चितवनस्थित चितवन मेडिकल कलेजमा ग्यास्ट्रोइन्टोरोलोजीमा फेलोसिप गर्दैछिन्। उनी नृत्य, गायन र विभिन्न सौन्दर्य प्रतियोगितामा सहभागी हुन रुचाउँछिन्। डा रोशिना सामाजिक कार्य गर्न पाउँदा आफूलाई खुसी मिल्ने बताउँछिन्।




तस्बिर : शिवलाल श्रेष्ठ, तस्बिर स्टुडियो बागबजार