काठमाडौं– चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षामा सिटसंख्या भन्दा प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थीको संख्या कम भएको पाइएको छ।
चिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको विभिन्न विषयको प्रवेश परीक्षामा ६ वटा विषयमा सिटसंख्या भन्दा उत्तीर्ण हुनेको संख्या कम भएको पाइएको हो।
आयोगले निर्धारण गरेको सिट संख्या र आयोगले नै प्रकाशन गरेको नतिजाको तुलना गर्दा बिएससी नर्सिङ, बिएससी एमएलटी, बिएससी एमआइटी, बिपिटि, बि फार्मा र बिपीएचमा सिट संख्याभन्दा प्रवेश परीक्षामा उत्तीर्ण हुनेको संख्या कम छ।
आयोगले बिएससी नर्सिङ तर्फ सिट संख्या ११०० तोकेको छ, तर ५०४ जना मात्र उत्तीर्ण भएका छन्। यस्तै, बिएससी एमएलटी तर्फ सिट संख्या ४२५ रहेकोमा ११८ जना मात्र पास भएका छन्।
बिएससी एमआइटी तर्फ सिटसंख्या ७१ छ भने पास हुने ३५ जना मात्र छन्। बिपिटी तर्फ १५० सिट रहेकोमा ११४ मात्र पास भएका छन्। बि फार्मा तर्फ ९०२ सिट संख्या निर्धारण गरिएको छ तर प्रवेश परीक्षामा ५४७ जना मात्र उत्तीर्ण भएका छन्।
आयोगले निर्धारण गरेको सिटसंख्या भन्दा प्रवेश परीक्षा उत्तीर्ण गर्नेको संख्या कम देखिएको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बताए। उनले आयोगले जति सिट निर्धारण गरेको भएपनि प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले मात्रै भर्ना पाउने बताए।
विद्यार्थीले प्रवेश परीक्षा नै उत्तीर्ण गर्न नसकेपछि धेरै सिट खाली हुने देखिएको हो। खाली हुने सिटमा के गर्ने भन्ने विषयमा कुनै छलफल तथा निर्णय नगरिएको डा गिरीले बताए।
‘पास भएका विद्यार्थीहरु भर्ना हुन्छन्, अहिले यति मात्रै भन्न सकिन्छ,’ डा गिरीले भने, ‘खाली सिटमा के हुन्छ भन्ने विषयमा केही भन्न सकिदैन।’
विद्यार्थीहरुको शैक्षिक अवस्था कमजोर भएकाले नै कम विद्यार्थी उत्तीर्ण भएको डा गिरीको भनाइ छ।
यी विषयमा सिटसंख्या भन्दा पास हुने विद्यार्थी कम
बिएससी नर्सिङ
सिट ११००
पास ५०४
बिएससी एमएलटी
सिट ४२५
पास ११८
बिएससी एमआइटी
सिट ७१
पास ३५
बिपिटी
सिट १५०
पास ११४
बि फार्मा
सिट ९०२
पास ५४७
बिपीएच
सिट १४२०
पास ५६५
सिटसंख्या भन्दा बढी विद्यार्थी पास भएका विषय
एमबिबिएस
पास विद्यार्थीः४२९७ नेपाली
विदेशी ९४
सिटसंख्याः १८३५
बिडिएस
पास १७९४
सिटसंख्याः५६५
बिएएसएलपी
पासः १३
सिट ६
बि प्रफुजन टेक्नोलोजी
पास ६८
सिट ५
बिएएमएस
पास १२३
सिट ८०
बि अप्टोमेट्री
पास ३०२
सिट ६७
बिएनएस
पास
१३८०
सिट ११९५
कुन विषयमा कति सिट?
आयोगले एमबिबिएस, बिडिएस, बीएससी नर्सिङ लगायतका चिकित्सा शिक्षाको स्नातक तहका शैक्षिक कार्यक्रमका लागि ७६ वटा शिक्षण संस्थामा सिट निर्धारण गरेको छ।
आयोगले निर्धारण गरेको सिटमा एमबिबिएस तर्फ देशभर १ हजार ८३५, बिएस्सी नर्सिङमा १ हजार १००,बिएसएमएलटीमा ४२५, बिएस्सी एमआइटीमा ७१, बिएस्सी मेडिकल माइक्रोबायोलोजीमा २०, बिएस्सी बायोमेट्रिमा २०, बिपिटीमा १५० सिट तोकिएको छ।
कुन कलेजलाई कति सिट?