नेपालगञ्जमा जन्मिएकी डा उना पन्तको बाल्यकाल काठमाडौंमै बित्यो। उनले काठमाडौंको ज्ञानेश्वरमा रहेको महेन्द्र भवन कन्या उच्च माविबाट एसएलसी दिएकी हुन्। बागमती मोर्डन हायर सेकेन्डरी स्कुलबाट प्लस टु पढेकी उनाले एमबिबिए अध्ययन काठमाडौं मेडिकल कलेजमा पूरा गरिन्। उनले स्त्री तथा प्रसूति रोग विशेषज्ञताको स्नातकोत्तर कोर्ष भने चितवनस्थित कलेज अफ मेडिकल साइन्समा पूरा गरिन्।
उनले सन् २०१४ मा भारतको रिजोएस् एन्ड इनफटिलिटी ट्रेनिङ सेन्टरबाट ल्याप्रोस्कोपी सर्जरीको ३ महिनाको फेलोसिप ट्रेनिङ समेत लिएकी थिइन्।
काठमाडौं मेडिकल कलेजमा मेडिकल अफिसरको रुपमा एक वर्ष काम गरेकी उनले स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा नर्भिक अस्पतालमा ६ महिना र पाटन अस्पतालमा तीन वर्ष काम गरिसकेकी छिन्।
डा उना विगत एक वर्षदेखि स्टार अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा कार्यरत छिन्। मेडिकल क्षेत्रमा सक्रिय उनालाई यात्रा गर्न रुचि छ। फुर्सदको समयमा उनी देश विदेशमा घुम्न मन पराउँछिन्।



