डा सरिना राजभण्डारीले एसएलसीसम्मको पढाइ काठमाडौंको लोयोला उच्च माध्यमिक विद्यालयबाट गरेकी हुन्। सेन्ट जेभिएर कलेजबाट प्लसटु गरेकी सरिनाले एमबिबिएस भने नेपाल मेडिकल कलेज काठमाडौं युनिभर्सिटीबाट पूरा गरिन्।
मास्टर इन ओटोल्यारोन्जोलोजी (नाक, कान, घाँटी) पोखराको मनिपाल मेडिकल कलेज, काठमाडौं युनिभरसिटीबाट गरेकी उनले ताइवानको फेसियल प्लास्टिक सर्जरी ताइपेइबाट एक वर्षको फेलोसिप समेत गरेकी छन्।
स्टार अस्पताल र हेल्दी च्वाइस क्लिनिकको इएनटी र फेसिल प्लास्टिक सर्जरी विभागमा कार्यरत डा सरिनाले फेसियल कस्मेटिक सर्जरीमा सियोल र बैंककबाट तालिम लिने योजना बनाएकी छिन्।
.jpg)
.jpg)
.jpg)