काठमाडौं- काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १६ जनाको आवेदन स्वीकृत भएको छ।
उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका थिए। जसमध्ये एक जनाको आवेदन भने अस्वीकृत भएको छ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आवेदन स्वीकृत भएका १६ जनाको नाम सार्वजनिक गरेको छ।
केयूका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा रहेको समितिले गत पुस १८ गते दरखास्त आह्वान गरेको थियो। समितिमा प्राडा अर्जुन कार्की र पूर्वा शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन्।
केयूका हालका उपकुलपति भोला थापाको कार्यकाल माघ ६ गतेबाट सकिँदै छ।
छनोट समितिले १६ जनामध्येबाट ३ जनाको नाम छनोट गरी कुलपति समक्ष सिफारिस गर्ने छ। समितिले सिफारिस गरेको तीन जनामध्ये एक जना उपकुलपति नियुक्त हुने छन्।