काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुलाउने भएको छ। आयोगले यही मंसिर १७ गतेबाट परीक्षाका लागि आवेदन दिन सकिने भन्दै सूचना निकालेको छ।
सूचना अनुसार शैक्षिक सत्र ०८१/८२ मा चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक योग्यता पुगेका उम्मेदवारहरूले मंसिर १७ गते बिहान १०:०० बजेदेखि २०८१ पुस ७ गते अपरान्ह ४:०० बजेसम्म नियमित दस्तुर बुझाई र पुस ७ गते अपरान्ह ४:०० बजेपछि पुस १४ गते अपरान्ह ४:०० बजेसम्म दोब्बर दस्तुर बुझाई अनलाइन आवेदन दिन सकिने छ।
आयोगले विषयगत आधारमा माघको २६, २७ र २८ गते परीक्षा लिने भएको छ।
कुन विषयको परीक्षा कहिले हेरौं सूचना