काठमाडौं- भारतीय अभिनेत्री हिना खान केही समयदेखि स्तन क्यान्सरसँग जुधिरहेकी छिन्। तेस्रो चरणको स्टेज क्यान्सर देखिएकी उनी उपचारसँगै आफ्ना शोख पूरा गरिरहेकी छिन्।
केही समयअघि र्याम्प वाकमा देखिएकी उनी अहिले एडभेन्चर ट्रिपमा गएकी छिन्। आफूलाई बलियो बनाउन उनले मनपर्ने कार्य गरिरहेको बताएकी छिन्।
उनले डाइभिङ, घोडसवारीलगायत एडभेन्चर क्रियाक्लाप गरिरहेकी छिन्। उनले स्कुबा डाइभिङको भिडियो साझा गरेकी छिन्।
आफूले मुश्किलमाथि जित हासिल गर्ने बाटो चुनेको उनले बताउँदै आएकी छिन्। ३६ वर्षीय खानले ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौंटी जिन्दगी’ जस्ता चर्चित टिभी शृंखलामा मुख्य भूमिकामा काम गरेकी छिन्। रियालिटी बिग बोसमा देखिसकेका छन्।