डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो। यो रोगबिश्वका धेरै देशमा प्रकोपको रुपमा देखापरेको छ। डेंगु ज्वरो एक प्रकारको एडिस एजिप्टाई/एलबोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाई बाट मात्रै सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टेलाई टाइगर मस्क्युटो पनि भनिन्छ। यो रोग जुनसुकै उमेर समुहकालाई पनि लाग्न सक्दछ। डेंगु भाइरस चार प्रजातिका भाइरस डिइएन (१, डिइएन (२, डिइएन (३, डिइएन (४ गरी चार प्रजातिका हुन्छन्। एक पटक एउटा प्रकारको डेंगु लागीसकेपछि जिवनभर त्यस्तै प्रकारको डेंगु रोग लाग्दैन तर अन्य प्रकारको डेंगु रोग लाग्न सक्दछ। र दोस्रो पटक लाग्ने डेंगु रोग पहिलेको तुलनामा बढी खतरानाक हुन्छ।
यो लामखुट्टेले सामान्यतया जमेको सफा पानीमा अण्डा पार्ने गर्दछ। एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ। एउटा लामखुट्टेले आफ्नो जीवनभर करिब ५०० देखी १००० वटासम्म अण्डा पार्ने गर्दछ। संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन्। यसको अण्डा पानी बिना पनि महिनौसम्म जिवित रहन सक्दछ्। यो लामखुट्टेले सामान्यतया उज्यालोमा टोक्ने गर्दछ। डेंगु एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन। हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ। र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त ब्यक्ति रोगबाट संक्रमित हुन्छ। पोथीजातको लामखुट्टेलाई फुलपार्न प्रचुर मात्रमा प्रोटीनको आवश्यकता पर्ने भएकाले पोथी लामखुट्टेले मात्र रगतचुस्ने गर्दछ। भाले जातको लामखुट्टेले बोट बिरुवाको रस चुसेर आफ्नो जीवनयापन गर्दछ।
लक्षण
- . संक्रमण काल ३ देखि १० दिन।
- . उच्च ज्वरो आउनुः १०२ देखी १०३ डिग्री फरेनहाईट
- . टाउको दुख्ने पेटदुख्ने।
- . वाकवाकी लाग्ने।
- . आँखाको गेडी दुख्ने।
- . सम्पुर्ण शरीर वा जोर्नी दुख्ने।
- . रातोरातो बिमिराहरु देखापर्ने।
सामान्यतया ज्वरो आएको ३ देखि ५ दिनपछि समयमै उपचार गर्न सकिएमा मृत्युदरलाई २ प्रतिशतभन्दा कममा झार्न सकिन्छ। खास रोग नभएका तथा सामान्य भन्दा सामान्य बिरामी २० देखि ५० प्रतिशत हुन्छन। जसले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यबोझ बढाएको छ। डेंगुको विश्वब्यापी अवस्था भन्नुपर्दा विगत केही दशक देखि विश्वभरी नै डेंगु रोगको संक्रमण अत्याधिक रुपमा बढ्दै गइरहेको छ। बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणाले बढेको पाईएको छ। स्तनधारी जीव हुँदै मानिसमा सरेको अनुमान गरिएको डेंगुको उत्पत्ती झन्डै ५०० देखि १००० वर्षपहिले भएको अनुमान गरीएको छ। नेपालमा पहिलो पटक सन् २००४ मा पहिलो बिरामी विदेशी भेटिएको र सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लाहरुमा डेंगुका बिरामी भेटीएको पाइन्छ। सन् २०१० मा चितवनलगाएत रुपन्देही नबलपरासी आदि जिल्लाहरुमा महामारीको रुपमा फैलिएको थियो।
देशभरीमा ९१७ केशहरु देखिएको सन् २०१६ मा चितवन झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देशभरमा १५२७ केशहरु देखिएको थियो। सन् २०१७ मा चितवन झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देश भरमा २१११ केशहरु देखिएको थियो। सन् २०१८ मा कास्की रुपन्देही र चितवन जिल्लामा महामारीको रुपमा फैलिएको र देशभरीमा जम्मा ८११ केशहरु देखिएको। सन् २०१९ मा सुनसरी मोरङ्ग झापाचितवनकास्की र मकवानपुर जिल्लाहरुमामहामारीको रुपमा फैलिएको सुनसरीमा मात्र ३२६६ बिरामी पाइएका थिए। सन् २०१९ देखि हालसम्म ७३११ बिरामी भेटीएको विभिन्न स्रोतबाट भेटिएको छ। हाल २०२४ को जनवरी देखि हालसम्म देशका ७३ जिल्लामा २ हजार ३६५ जनामा डेंगु पोजेटीभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। यो रोग विभिन्न उष्ण प्रदेशीय तथा उप उष्णप्रदेशीय भागहरुमा तिब्र गतिमा फैलिएको पाइन्छ।
रोकथामका उपायः पानी जम्न सक्ने भाँडाहरु जस्तै गमला फुलदानी खाली बट्टा अलकत्र वा मट्टीतेलका खाली ड्रमहरु गाडीको काम नलाग्ने टायर आदीमा पानी जम्न नदीने उपाय गर्नु पर्दछ। पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदीने गरी ढाकेर राख्नुपर्दछ। कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हालीदीने साथै जम्मा भएको पानी सफागर्ने। घर वरपरका पानी जम्ने खाल्डाहरु पुरीदीने। घर नजिकका पानी बग्ने नालीहरुमा बेलाबेलामा मट्टीतेल छर्कने गर्नु पर्दछ बस्तीको वरीपरीका झाडीहरु सफागर्ने। एडिस एजिप्टाईजातको लामखुट्टेले दिँउसो टोक्ने हुँदा दिउँसो बाहीर हिड्दा पुरा शरीर पुरा छोप्ने गरी कपडाहरु प्रयोग गर्ने। बच्चाहरुलाई बाहीर निस्कदा लामखुट्टे प्रतिरोधात्मक मल्हमहरु शरीरमा लगाई हिडाउने।