सन् २०२२ को एक तथ्यांकअनुसार, लगभग १.९ मिलियन व्यक्तिहरूलाई कोलोन रेक्टल क्यान्सरको निदान गरिएको थियो। त्यसअघिका केही अध्ययनहरूले आन्द्राको क्यान्सरलाई जीवनशैली सुधार ( नियमित अभ्यास तथा स्वस्थ आहार) सेवन मार्फत् रोक्न सकिन्छ।
नयाँ अध्ययनले क्याल्सियमले भरिपूर्ण खाद्य र पेय पदार्थहरूको सेवनले कोलोरेक्टल क्यान्सरको जोखिममा कमी ल्याउने देखाएको छ। अनुसन्धानकर्ताहरूले मदिरा र रातो तथा प्रशोधन गरिएको मासुको सेवनले कोलोरेक्टल क्यान्सरको जोखिम थप बढाउन सक्ने बताएका छन्।
२०२२ मा लगभग १.९ मिलियन व्यक्तिहरूलाई कोलोन रेक्टल क्यान्सरको निदान गरिएको थियो, जसले यसलाई विश्वभरी तेस्रो सबैभन्दा धेरै देखिने क्यान्सरमा उभ्याएको छ। यसलाई आन्द्राको क्यान्सर पनि भनिन्छ। जाँच र जीवनशैली सुधारहरू (जस्तै स्वस्थ तौल कायम राख्नु, धुम्रपान नगर्नु, र स्वस्थ आहार अपनाउनु) मार्फत् रोक्न सकिन्छ।
अघिल्लो अनुसन्धानले केही खाद्य र पेय पदार्थहरूको सेवन (जस्तै रातो र प्रशोधन गरिएको मासु, अल्ट्रा-प्रोसेस्ड खाद्य पदार्थहरू र मदिरा) लाई आन्द्राको क्यान्सरको बढ्दो जोखिमसँग जोडेको थियो।
अब, नेचर कम्युनिकेशनस जर्नलमा प्रकाशित भएको नयाँ अध्ययनले क्याल्सियमयुक्त खाद्य र पेय पदार्थहरूको सेवनले कोलोन रेक्टल क्यान्सरको जोखिममा कमी ल्याउन सक्छ।
अनुसन्धानकर्ताहरूले मदिरा र रातो तथा प्रशोधन गरिएको मासुको सेवनसँगको उच्च आन्द्रा क्यान्सर जोखिमको सम्बन्धलाई थप मजबुत बनाएका छन्।
दैनिक क्याल्सियम सेवनलाई वृद्धि गर्दा कोलोन रेक्टल क्यान्सरको जोखिम १७ प्रतिशतले कम गर्न सकिन्छ।
यस अध्ययनका लागि अनुसन्धानकर्ताहरूले मिलिअन वोमन स्टडीमा भाग लिएका ५ लाख ४२ हजार भन्दा बढी महिलाहरूको आहार डेटा विश्लेषण गरेका थिए। वैज्ञानिकहरूले प्रत्येक सहभागीको औसत १६ वर्षको चिकित्सा डेटा समिक्षा गरी ९७ खाद्य पदार्थ र पोषक तत्वहरूको सम्बन्ध कोलोन रेक्टल क्यान्सर जोखिमसँग खोजे।
विश्लेषण गर्दा अनुसन्धानकर्ताहरूले क्याल्सियम सेवन विशेष गरी तलका छ वटा क्याल्सियमयुक्त डेरी-सम्बन्धी खाद्य र पोषक तत्वहरूले कोलोन रेक्टल क्यान्सरको जोखिम घटेको सम्बन्ध पत्ता लगाए:
डेरी दूध
दही
रिबोफ्लाभिन
म्याग्नेजियम
फस्फोरस
पोटासियम
अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि दैनिक थप ३०० मिलिग्राम क्याल्सियमको सेवनले, जुन करिब एक गिलास दूधको बराबर हो। कोलोरेक्टल क्यान्सरको जोखिम १७ प्रतिशतले घटाएको छ।
'यो आहार र आन्द्रा क्यान्सरबीचको सम्बन्धमा अहिलेसम्म गरिएको सबैभन्दा व्यापक अध्ययन हो र यसले यो रोगको विकासमा क्याल्सियमको भूमिकालाई उजागर गर्दछ,' उनले भने। केरेन पेपियर (बिएससी, पिएचडी), युनाइटेड किङगडमको अक्सफोर्ड विश्वविद्यालयको नफिल्ड डिपार्टमेन्ट अफ पोपुलेसन हेल्थमा क्यान्सर एपिडेमियोलोजी एकाइकी वरिष्ठ पोषण महामारीविद् तथा यस अध्ययनकी मुख्य लेखकले एक प्रेस विज्ञप्तिमा भनिन्।
'विभिन्न जनसंख्यामा क्याल्सियमको वृद्धि गर्दा हुने सम्भावित स्वास्थ्य प्रभावहरूलाई बुझ्न थप अनुसन्धान आवश्यक छ,' उनले थपिन्।
मदिरा, रातो र प्रशोधित मासु उच्च आन्द्रा क्यान्सरको जोखिमसँग सम्बन्धित छ। उही अध्ययनले मदिरा सेवन र कोलन रेक्टल क्यान्सर जोखिमको बीचमा थप प्रमाण पहिचान गरेको छ।
वैज्ञानिकहरूले रिपोर्ट गरे कि २० ग्राम मदिराको थप सेवन (झन्डै १ ठूलो गिलास वाइन) कोलन रेक्टल क्यान्सरको जोखिममा १५ प्रतिशतको वृद्धिसँग सम्बन्धित थियो।
रातो र प्रशोधित मासु सेवन र आन्द्राको क्यान्सर जोखिमको बीचमा भएको सम्बन्धलाई थप बलियो बनाएको छ। यो अध्ययनले मासुको दैनिक ३० ग्राम थप सेवनले एक व्यक्तिको क्यान्सर जोखिम ८ प्रतिशतले बढाउँछ।
'प्रत्येक १२ मिनेटमा, यू.के.मा एक व्यक्तिलाई आन्द्रा क्यान्सरको निदान गरिन्छ, यसले यस देशको चौथो सबैभन्दा सामान्य क्यान्सर बनाएको छ,' लिजा वाइल्ड (पीएचडी)ले भनिन्। जो बाउल क्यान्सर युकेकी रिसर्च र एक्सटर्नल अफेयर्सका निर्देशक हुन्। उनी यो अध्ययनमा सहभागी थिइन्।
'हामीलाई पहिले नै थाहा छ कि सबै आन्द्रा क्यान्सरको लगभग आधा स्वस्थ जीवनशैली अपनाएर रोक्न सकिन्छ र यो नयाँ अनुसन्धानले यसलाई जोड दिन्छ, विशेषगरी डेरी उत्पादनहरूलाई ध्यानमा राखेर,' उनले थपिन्।
वाइल्डले थप सल्लाह दिइन् :
'आन्द्रा क्यान्सरको जोखिम घटाउन तपाईंले गर्न सक्ने अन्य परिवर्तनहरूमा चामल, चिउरा, किन्वा, जौ, कोदो, गहुँ इत्यादिजस्ता पूरा अन्न, दाल, फलफूल र तरकारीबाट प्रशस्त फाइबर खाने, प्रशोधित मासु नखाने र रातो मासुको सेवन सीमित गर्ने, स्वस्थ तौल कायम राख्ने, नियमित शारीरिक गतिविधिमा सहभागी हुने, धुम्रपान छोड्ने र मदिरा कम गर्ने जस्ता समावेश छन्। जीवनशैली परिवर्तन गर्नु चुनौतीपूर्ण हुन सक्छ, तर हामी विश्वास गर्दछौँ कि यो प्रयासको लायक छ।'
के स्वस्थ खाने बानीले कोलोन क्यान्सरको जोखिम घटाउन सक्छ?
मेडिकल न्यूज टुडेले यस अध्ययनको बारेमा बोर्ड-प्रमाणित हेमाटोलोजिस्ट, मेडिकल ओन्कोलोजिस्ट र मेमोरियल केयर टोड क्यान्सर इन्स्टिच्युटका लङ बीच मेडिकल सेन्टरका मेडिकल निर्देशक निलेश भोरासँग कुरा गरेका छन्।
उनले भने, 'मलाई लाग्छ कि हामीले लामो समयदेखि मानवको आहारसँग ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर, जस्तो कि कोलन क्यान्सरको सम्भावित विकाससँग सम्बन्धित रहेको छ भनेर जोडिरहेका छौँ। त्यसैले मलाई यो चासोको कुरा लाग्छ र यो त्यस्तो समस्या हुन सक्छ भन्ने कुरासँग मेल खाने जस्तो लाग्छ।' उनले यो अनुसन्धानमा भाग लिएका थिएनन्।
'मलाई लाग्छ कि यो धारणा बढिरहेको छ कि कोलन क्यान्सरको बढ्दो घटना, विशेष गरी जवान मानिसहरू बीच, को कारण आहारमा भएको परिवर्तन हो,' उनले भने, 'र यो सबै अझै अनुमान गरिएको हो, तर यस्ता अध्ययनहरू जसले थप अनुसन्धान र शक्तिशाली अध्ययनहरू उत्पन्न गर्न सक्छ, हामीलाई यसबारे शिक्षित गर्न सक्छ, र रोगीहरूलाई के खानु र के नखानु भन्ने कुरा बताउन सक्दछ ताकि कोलन क्यान्सरको जोखिम घटाउन सकियोस्।'
दुग्ध पदार्थ नखाने व्यक्तिहरूको लागि आफ्नो आहारमा क्याल्सियम कसरी थप्ने?
मोनिक रिचार्ड एम.एस. आर. डि. एन्, एक पंजीकृत आहार विशेषज्ञ र न्युट्रिशन इन साइटका मालिकले, क्याल्सियम आफ्नो आहारमा थप्ने तरिकाबारे सुझाव दिएकी छन्। 'यो सही हो कि एक कप दूधले ३०० मिलिग्राम क्याल्सियम प्रदान गर्छ,' उनले भनिन्, 'तर विभिन्न प्रकारका उच्च गुणस्तरका खाद्य पदार्थहरू, विशेषगरी सागसब्जीहरू जस्तै कि रायोको साग, पालक, बदाम दूध, सोया दूध, तोफु, फोर्टिफाइड सुन्तलाको रस, नट्सहरु ज्स्ता खानेकुराहरुमा पनि क्याल्सियम पाइन्छ।
'क्याल्सियम, फस्फोरस, पोटासियम, र रिबोफ्लाविन जस्ता पौष्टिक तत्त्वहरू, जसले कोलन क्यान्सरको जोखिम घटाउन मद्दत पुर्याउँछन्, केवल दुग्ध पदार्थसँग मात्र सम्बन्धित छैनन्,' रिचार्डले थप स्पष्ट गरिन्, 'विश्वभरका विभिन्न जनसङ्ख्याहरूमा दुग्ध पदार्थको सेवन नगरेका वा न्यूनतम सेवन गर्ने तर क्यान्सरको जोखिम घटेको र मजबूत हड्डी स्वास्थ्य भएका व्यक्तिहरूको अध्ययन गरिएको छ।'
धेरै व्यक्तिहरूको लागि, कोलन क्यान्सरको जोखिम घटाउनको लागि हामीले हाम्रो मुखमा के राख्छौं भन्ने कुरा पहिलो हो।