काठमाडौं- चिकित्सा शिक्षा आयोगको निर्देशक नाम सिफारिस गर्न गठित समितिका सदस्य प्राडा रमेशकान्त अधिकारीले राजीनामा दिएका छन्।
उच्च अदालतको पाटनको आदेश आएसँगै समितिले रोकिएको काम अघि बढाउने तयारी गरेका बेला सदस्य प्राडा अधिकारीले पदबाट राजीनामा दिएका हुन्।
राजीनामा दिएकै कारण गत शुक्रबार समिति संयोजक डा रामकुमार फुयालले बोलाएको बैठकमा समेत सहभागि भएनन्।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ३० असोजमा डा रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए। सो समितिमा प्राडा बुद्धिबहादुर थापासँगै प्राडा रमेशकान्त अधिकारी पनि सदस्य थिए।