काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन तर्फका सचिव मधुसुदन बुर्लाकोटीको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ।
बुर्लाकोटीलाई सरुवा गरेपछि उनको स्थानमा महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि प्रसाद मैनालीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए।
यसैगरी, मन्त्रिपरिषदले वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरेको छ