काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस कार्यक्रम सुरु गर्न बेसिक साइन्स तर्फका विशेषज्ञ शिक्षकहरुको नियुक्ति प्रक्रिया सुरु गरेको छ।
प्रतिष्ठानले यसै वर्षको शैक्षिक कार्यक्रममा एमबीबीएस सुरु गर्न शिक्षक नियुक्तिको प्रक्रिया सुरु गरेको हो। त्यसका लागि प्रतिष्ठानले वैशाख ७ गते आवेदन खुलाएको थियो। आवेदन दिएकाहरुमध्ये बाट अन्तर्वार्ता मार्फत शिक्षक छनोट सुरु गरिसकेको छ।
सो प्रक्रिया अन्तर्गत प्रतिष्ठानले बेसिक साइन्सका ८ विषयमा करार सेवामा शिक्षक नियुक्तिका लागि छनोट भएका मेडिकल तथा नन् मेडिकल फ्याकल्टीका लेक्चरर र असिस्टेन्ट प्रोफेसरको नाम सार्वजनिक गरेको छ।
नियुक्ति प्रक्रियाका लागि छनोट भएका उम्मेदवारलाई ७ दिनभित्र प्रतिष्ठानमा सम्पर्क गर्न प्रतिष्ठानले बिहीबार सूचना जारी समेत गरिसकेको छ। छनोेट भएका शिक्षकहरुले अन्यत्र संस्थामा कार्यरत रहेको भए सो संस्थाबाट राजीनामा दिएको पत्र सहित उपस्थित हुन भनिएको छ।
यी हुन् छनोटमा परेका मेडिकल तथा नन् मेडिकल फ्याकल्टीहरु
असिस्टेन्ट प्रोफेसर,साइकोलोजी– डा निलु मानन्धर
लेक्चरर, साइकोलोजी–नन मेडिकल– खिरेन्द्र चौधरी ( वैकल्पिक उम्मेद वार शालिकग्राम चौधरी)
लेक्चरर, कम्युनिटी मेडिसिन– डा सुलभ रेग्मी
असिस्टेन्ट प्रोफेसर, फार्माकोलोजी– डा गणेश प्रसाद न्यौपाने
असिस्टेन्ट प्रोफेसर, एनाटोमी– डा निरज पाण्डेय र डा शेखरकुमार यादव
असिस्टेन्ट प्रोफेसर,माइक्रोबायोलोजी– डा माया राई
असिस्टेन्ट प्रोफेसर, बायोकेमेस्ट्री– डा कुशल भट्टराई
रेक्चरर बायोकेमेस्ट्री– डा विशेष साह