मानिसको शरिरमा दुईवटा किड्नी हुन्छ । हामीले खाएको पानी फिल्टर गर्ने काम किड्नीको हो । हामीले खाएको पानी किड्नीले फिल्टर गरेर पिसावको माध्यामबाट बाहिर फाल्छौँ । जब हामी हामीले कम पानी खान्छौँ, त्यति नै शरिरमा पानीको मात्रा कम हुन जान्छ । पानीको मात्रा कम हुँदा पिसाव कम हुन्छ । जब शरिरमा पानी र पिसावको मात्रा कम हुन्छ, तब किड्नीमा पत्थरी बन्ने सम्भावना बढ्दै जान्छ । ६/७ मिलिमिटरसम्मको पत्थरी धेरै पानी पिउँदा आफैं बगेर जाने सम्भावना हुन्छ । त्योभन्दा बढी पत्थरी भयो भने शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ।
पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ । कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिने गरेको पाइन्छ।
उपचार विधि
पत्थरीको आकार, पत्थरीको स्थान र बिरामीको अवस्थामा पत्थरीको उपचार प्रक्रिया निर्भर रहन्छ। बिरामीमा पत्थरी कस्तो किसिमको हो भन्ने कुरामा उपचार फरक पर्छ । किनकि कुनै पत्थरी बालुवाजस्तो नरम हुने र कुनै पत्थरी ढुंगाजस्तो साह्रो हुने भएकाले कुन विधिबाट उपचार सफल हुन्छ भन्ने कुरामा विचार पुर्यापउनुपर्ने हुन्छ।
किड्नीमा पत्थरी जम्न नदिनका लागि धेरै मात्रामा झोल कुराको सेवन गर्नुपर्ने हुन्छ । दुई सेन्टिमिटरसम्मको पत्थरीलाई हामीले घाउ नबनाइकन पिसावको नलीबाट गएर लेजरको माध्यामबाट ढुंगालाई फुटालेर बाहिर निकालिन्छ । जसलाई आरआइआरएस विधि भनिन्छ ।
दुई सेन्टिमिटरभन्दा बढी पत्थरी भएमा हामीले सानो प्वाल बनाईकन फुटालेर बाहिर निकालिन्छ । जसलाई पीसीएनएल भनिन्छ । अहिले शल्यक्रिया गरेर पत्थरी निकाल्ने क्रम भने हराउँदै गएको छ ।
(डा अधिकारी ग्रान्डी अस्पताल धापासीमा कार्यरत छन्।)