कुनैपनि रोग लाग्ने कारक तत्वहरुको रुपमा वातावरणीय तत्वहरु, खानपान बंशाणु गुण, हानिकारक रसायन, ग्यास, शारीरिक प्रक्रिया आदि हुन्। यी रोग किटाणु तथा जिबाणु र संशर्गबाट एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्न सक्दैन। त्यास्ता प्रकारका रोगहरुलाई नसर्ने रोग भनिन्छ। यस्ता रोगहरुमा डाइबेटिज (चिनि रोग), ब्लड प्रेशर, ग्यास्ट्राइटिस, दमरोग, मुटुका रोगहरु, नशा सम्बन्धी रोगहरु, मोटोपना आदि पर्दछन्। यस्ता प्रकारका रोगहरु विशेष गरेर मानिसको बानि ब्यवहार जस्तैः धुम्रपान तथा मदिरा सेवन, अत्याधिक मात्रामा चिल्लो तथा बोसोजन्य खानेकुरा खान रुचाउने, वातावरणीय प्रदुषण,ब्यक्तिको आफ्नै अस्वभाविक बानि ब्यवहार,फेशननेवल रहनसहन, फास्टफुड र जंगफुड जस्ता बजारीया खाध्यबस्तुको प्रयोगबाट लाग्दछन्। यी रोगहरु एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्दैनन्। नसर्ने रोग गराउन एजेन्ट नभएर बंशाणुगत गुण , खानपिन ,चालचलन ,बानीब्यबहार ,जीवनशैली आदी कारण जिम्मेवार हुन्छन्। यस्ता रोगहरुमा रोग सर्ने माध्याम आवश्यक हुँदैन। यस प्रकारका रोगहरु विकसित देश जहाँ विशेष गरेर शारीरिक पारिश्रमिक कार्यको कमि र मोटोपन बढाउने खानेकुराको अत्याधिक प्रयोग भएमा हुन्छ।
यसखालका रोगहरुको रोकथामका उपायहरु अपनाउँदा पनि प्रयाप्त मात्रमा रोकथाम गर्न सकिँदैन। त्यसैले यस्ताखालका रोगहरुबाट जोगिन ब्यक्ति स्वयं आफै जिम्मेवार हुनु अति नै महत्वपुर्ण मानिन्छ।
बढी मात्रामा असर देखाउने रोगहरुः नसर्ने रोगहरुको क्रमैसँग नामाकरणमा धेरै नामहरु उल्लेख भएता पनि पछिल्लो समयमा आएर हेर्दा डाइबेटिज अर्थात सुगर रोग अलि बढी मात्रमा देखापरेको पाइन्छ। शरीरमा कार्बोहाईडेडको मात्रा आवश्यकता भन्दा बढी मात्रामा हुन गएमा रगतमा चिनीको मात्रा देखापर्न थाल्दछ। यसैलाई डाइबेटिज अर्थात चिनिरोग भनिन्छ। सामान्य अवस्थामा रगतमा गुल्कोजको मात्रा २०० को लेभलले माथी लागेमा उक्त ब्यक्तिले डाइबेटिजको शंका गर्नुपर्दछ। त्यस्तै ब्लडप्रेसर पनि बढी मात्रामा देखापर्ने गरेको पाइन्छ। सामान्य अवस्थामा १२०/८० लाई रक्तचापको नर्मल अवस्था भनियता पनि १४०/९० भन्दा रुक्तचापको लेभल माथि लागेमा ब्यक्तिले उच्चरक्तचापको शंका गर्नुपर्दछ। त्यस्तै गरी अधिक पोषण र शारीरिक ब्यायामको कमिले गर्दा केही ब्यक्तिमा मोटोपनाको समस्या पनि पछिल्लो समयमा एउटा जटिल समस्याको रुपमा देखापर्दै आएको छ।
यसरी नसर्ने खालका रोगहरु देखापर्नुमा बंशजको कारणबाट सन्ततिमा सर्दै जानु एउटा महत्वपुर्ण पक्ष हो भने यसबाहेकका कारणहरु भनेका जुन कुनै ब्यक्तिहरुको अहिलेको अस्वस्थकर खानपान, अस्वस्थकर जिवनशैली, शारीरिक ब्यायामको कमी, जंगफुड र फास्ट फुडको बढी मात्रामा प्रयोग,परिश्रमको कमि, शहरमुखी बसाईसराई , घरयासी र पुराना खाध्यबस्तुको उपयुक्त प्रयोगमा कमी ले गर्दा यस्ताखालका रोगहरुको बढ्दोक्रम देखिएको छ।
समाधानको उपाय के छ त? रोग भन्ने शब्दबाटै थाहा हुन्छ कि यसले कुनैपनी ब्यक्तिको शरीरलाई नकरात्मक असर पार्दछ। त्यसकारण यस्तो नकरात्मक असरपार्ने तत्वबाट बच्न सबभन्दा पहिला रोगलाग्नु भन्दा रोगको बाटो छेक्नु बेस भनेजस्तै रोग लाग्नबाट बच्न कस्तो खालको जीवनशैली अपनाउने खानपान र सरसफाईमा कसरी ध्यानदिने भन्नेबारेमा नित्यान्तै होसीयारी हुनुपर्दछ। नसर्ने खालका रोगहरु प्रायजसो ब्यक्तिगत सरसफाईको कारण ब्यक्तिको रहनसहन बानिब्यवहारमा तत्काल सुधार गर्नुपर्दछ। प्रत्येक दिन बिहान उठ्रने बित्तीकै पानी पिउने नियमित कसरत गर्ने बजारिया जंगफुड र फास्टफुडको प्रयोग नगर्ने घरयासी तहबाटै उत्पादित गरिएका बिषादीरहित खानाहरुको प्रयोग गर्ने नियमित रुपमा स्वास्थ्य जाँच गर्ने यदि पहिला देखिनै औषधिको सेवन गरीरहेको छ भने नियमित औषधि प्रयोग गर्ने बेलाबेलामा डाक्टरको सल्लाहा लिने र भेटगर्ने गरियो भने यस्ताखालका रोगहरुबाट पनि सजिलै बच्न सकिन्छ।