काठमाडौं- स्वास्थ्य खबरपत्रिकाको फागुन अंकमा अर्थतन्त्रमा परेको प्रभावसँगै औषधि उद्योगमा परेको असरका विषयमा कभर स्टोरी प्रकाशित छ। पत्रिकामा 'किन संकटमा पर्दैछन् नेपाली औषधि उद्योग?' शिर्षकमा कभर स्टोरी प्रकाशित छ।
यसका साथै उद्योगहरुको समस्या समाधानका विषय पनि उक्त स्टोरीसँगै प्रकाशित छ। उद्योगमा देखिएको समस्या समाधानका लागि उद्योग, सरकार र सरोकारवाला निकायले गर्नुपर्ने कामहरुको विवरण पनि प्रकाशित छ।
यसका साथै नेपालमा दुर्लभ रोगको अवस्था, वीर अस्पतालको मुटु विभाग बौरिँदै गएको, डाक्टर आर्टिकल तथा अन्य सामग्री पनि फागुन अंकमा प्रकाशित छन्।
हेरौं फागुन अंकको इ-पेपर