गर्भावस्था भनेको महिलाको जीवनको एउटा महत्वपूर्ण समय हो। यस समयमा महिलाको शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन्। शरीरमा आउने परिवर्तनहरुका साथसाथै मुख स्वास्थ्यमा पनि छुट्टै परिवर्तन आउँछन्। हामीले धेरैजसो शरीरीक परिवर्तनलाई मात्र ध्यान दिन्छौं। तर मुखको स्वास्थलाई लापरबाही गर्दछौं। जसले गर्दा आमाको मुखमा र आउने बच्चाको स्वास्थमा असर गर्दछ।
गर्भावस्थामा मुखमा देखिने समस्याहरुमध्ये केही महत्वपूर्ण समस्याहरु यस प्रकार छन्।
गिजाबाट रगत आउने
गिजा सुन्निने
गिजामा रातो डल्लाहरु देखिने
मुख सुख्खा हुने
दाँतमा किरा लाग्ने
सास गनाउने
यी समस्याहरु गर्भावस्थाको दोस्रो महिनादेखि आठौँ महिनामा धेरै देखिन्छन्।
यी समस्याहरू किन देखिन्छन्?
गर्भावस्थामा महिलाको शरीरमा धेरै मात्रामा हर्मोनल परिवर्तन आउँछन् जस्तै प्रोगेसटेरोन हर्मोन जुन धेरै मात्रामा बढ्छ जसले गर्दा हाम्रो गिजामा सजिलै नराम्रा असर देखिन्छन्। अरु थप कारणहरु यस प्रकार छन्।
मानसिक तनाव
मुख स्वास्थको सरसफाइमा लापरबाही
चिकित्सको सल्लाह बिना औषधिको सेवन
अब के गर्ने त?
गर्भावस्थामा देखिने यी मुखको समस्याहरु धेरैजसो बच्चाको जन्मपछि आफै हराएर जान्छ। यसका साथसाथै हामीले अरुपनि थुप्रै उपायहरु अपनाउन सकिन्छ जस्तै
खानापछि बिहान बेलुका दाँतको सरसफाई गर्ने
यदि माथि दिएकोमध्ये केही लक्षणहरू देखिएमा दन्त चिकित्सकसँग सम्पर्क गर्ने
जुन औषधि आमा र बच्चालाई असर गर्छ त्यसको सेवन नगर्ने
सकेसम्म कुनै पनि मानसिक तनाव नलिने
यसरी हामीले गर्भावस्थामा सतर्कता अपनायौं भने धेरै जसो रोगहरुबाट बच्न सकिन्छ। अनि आफ्नो र बच्चाको जिवन रमाइलो बनाउन सकिन्छ।