काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा स्वर्णिम वाग्लेले डेंगु परीक्षणका लागि किट अभाव भएकोप्रति संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा उनले तनहुँमा डेंगु बढेको र औषधोपचारको लागि आवश्यक मेडिकल सामाग्रीसमेत सरकारले उपलब्ध नगराइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले भने- ‘औसत १०० जनाको डेंगु परीक्षण हुँदा ६०-७० प्रतिशत पोजेटिभ आइराखेको छ। डेंगु किट र आधारभूत सामाग्री पनि व्यक्तिगत पहलमा सांसदले पठाइदिनुपर्ने अवस्था आएको छ। प्रदेश सरकार र संघीय सरकारको यसप्रति ध्यान जाओस्।’